phone Toll Free : 1660-01-00015 | 01-4111-812 / 01-4111905 | Viber : +9779818018994 | WhatsApp : +9779818018994
| Login




 Onver Smart Taxi


अन्भर स्मार्ट ट्याक्सी

गत माघ २१ गते अन्भर स्मार्ट ट्याक्सी र नेपाल यातायात स्वतन्त्र मज्दुर संगठन बागमती अञ्चल कमिटीको संयुक्त आयोजनामा ट्याक्सी यातायातमा केन्द्रित भई एक कार्यक्रमको आयोजना गरियो । ट्याक्सी यातायातमा भविश्यमा आउन सक्ने संभावित चुनौति र यसको व्यवस्थापन विषयमा केन्द्रित उक्त १ दिने कार्यक्रममा अन्य विविध विषयमा समेत छलफल गरी सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गर्न ज्ञापन-पत्र बुझाउने समेत निर्णय गरियो ।

नेपाल यातायात स्वतन्त्र मज्दुर युनियनका केन्द्रीय उपाध्यक्ष द्वय ठाकुर कुमार श्रेष्ठ तथा माया वेघाको उपस्थितिमा भएको उक्त कार्यक्रम बागमती अञ्चल अध्यक्ष नवराज घिमिरेले संचालन गर्नुभएको थियो भने केन्द्रीय महासचिव भीम ज्वाला राईले यस पेशाका समस्या र समाधानका विषयमा चर्चा गर्नुभएको थियो । अन्भर स्मार्ट ट्याक्सीका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक ओम खड्का तथा कार्यक्रम संयोजक तुलसी सिवाकोटीले सुलभ, सुनिश्चित र सुरक्षित यात्राको लागि Onver Smart Taxi App  प्रयोग गरी ट्याक्सीप्रति आम यात्रुको जनविश्वास जगाउनु पर्ने बताउनु भयो । संगठनको कार्यालय पुरानो बसपार्कमा भएको उक्त कार्यक्रमले आफ्नो पेशालाई मर्यादित बनाउन ट्याक्सी स्वरोजगार तदर्थ समिति समेत गठन गरियो । समय सापेक्ष विकास भएको अन्भर स्मार्ट ट्याक्सी अनलाईन सेवालाई अगाडि बढाउन दुबै संस्थावीच सहकार्य गर्ने समेत निर्णय गरियो ।


 SHARE