phone Toll Free : 1660-01-00015 | 01-4111-812 / 01-4111905 | Viber : +9779818018994 | WhatsApp : +9779818018994
| Login




 Onver Smart Taxi


CAN InfoTech 2017 को आकर्षण "ONVER"

प्रत्येक बर्ष CAN ले सूचना प्रविधिसँग सम्बन्धित हार्डवेयर, सफ्टवेयर लगायत अन्य विविध प्रोडक्टहरुको नियमित प्रदर्शनी गर्दै आएको छ । विभिन्न कम्पनीहरुका आ-आफ्ना बस्तु तथा सेवाहरुको लागि यो प्रदर्शनी मेलाकै रुपमा चिनिदै आएको छ ।

 

इरासफ्ट सोलुशन प्रा.लि. ले ट्याक्सी यातायातलाई व्यवस्थित, मर्यादित र पहुचयोग्य बनाउने उदेश्यले निर्माण तथा सार्वजनिक गरेको अन्भर स्मार्ट ट्याक्सी एप CAN InfoTech 2017 को मुख्य आकर्षणको केन्द्र बन्यो । "सुलभ, सुरक्षित र सुनिश्चित यात्राको निम्ति अन्भर" भन्ने नाराका साथ सुभारम्भ गरेको अनलाईन ट्याक्सी सेवामा यात्रु र प्रयोगकर्ताको चासो तथा रुचि निरन्तर बढेको छ । ट्याक्सी चालक र यात्रुले प्रयोग गर्ने फरक-फरक एप गुगल प्ले स्टोरमा गई डाउनलोड गरेर निशुल्क रजिष्टर भई सेवा सुचारु गर्न सक्दछन् । प्रोमोशनको अवसरमा निशुल्क प्राप्त यो सेवामा स्वदेश भन्दा विदेशमा वसोवास गरेर फर्केका नेपालीहरु र विदेशीहरुको आकर्षण बढी देखिन्छ । यात्रु रहेकै स्थानमा सेवा प्रदान गर्न ट्याक्सी उपस्थित हुने भएकाले रात-साँझ, विरामी, वृद्ध, अपाङ्गता भएका  र लगेजवाला व्यक्तिलाई बढी राहत मिलेको देखिन्छ ।


 SHARE